केही रूपियाँको लेनदेनमा विवाद भएपछि सिलगढीमा एउटा टोटो चालकले एउटा युवकको हत्या गरेको खबर प्रकाशमा आएको छ। अनुसार मंगलवार राति लगभग १० बजी फूलबारीको छोपाभिटा, सिपाईपाड़ा इलाकास्थित नशामुक्ती केन्द्रको सामु टोटोको साथमा एकजना युवकलाई देखेपछि स्थानीय मानिसहरूलाई सन्देह लाग्यो। यसपछि टोटो चालकलाई सोधखोज गर्दा टोटोको छेउमा एकजना युवकको मृतदेह मानिसहरूले देखे। टोटो चालकले घटनास्थलबाट भाग्ने प्रयास गरे तापनि स्थानीय मानिसहरूले तिनलाई पक्रिए। यसपछि घटनाबारे एनजेपी पुलिसलाई जानकारी गराए। खबर पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर उक्त टोटो चालकलाई पक्रिए। यसको साथै घटनास्थलबाट पुलिसले एउटा धारिलो हतियार पनि उद्धार गयो। पुलिस सूत्रले दिएको जानकारीअनुसार मृतक युवकको नाम रिन्टु सरकार उर्फ गोपा हो भने तिनी अम्बिका नगर संलग्न माइकल मधुसुदन कलोनी इलाका निवासी थिए। मृतक विरूद्ध थानामा आग्नेयास्त्र, चोरी, डकैतीसहित केही आपराधिक मामिला दर्ता रहेको छ। अर्कोतिर, आरोपी युवक राजू शाह सिलगढीको सूर्यसेन कलोनी निवासी हुन्। तिनलाई सोधखोज गरेपछि पुलिसलाई थाहा लागे अनुसार दुइजना बीच मात्र २४०० रूपियाँलाई लिएर विवाद भएको थियो। राजु शाहले घाँटीमा लुगाले कसेर रिन्दुको हत्या गरेको थियो। एनजेपी पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।










