कुचबिहार: व्याङ्क कर्मचारी सडेको शव भेटियाे

IMG_20221207_155518.jpg

सरकारी ब्याङ्क कर्मचारीको कुहिएको र रगतले लतपतिएको शव बुधबार माथाभाङ्गा सहरबाट फेला परेको छ। नगरको ६ नम्बर वडामा आज बिहानैदेखि दुर्गन्ध आइरहेको स्थानीयवासीले बताएका छन्। यसपछि सरकारी ब्याङ्कमा कार्यरत ४० वर्षीय उप्पल सोनोवालको घर विगत केही दिनदेखि बन्द रहेको भन्दै मानिसहरूले आशंका गरेका थिए। खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर घरको ढोका तोडेरभित्र पसेपछि ब्याङ्कका कर्मचारीको रगतले लतपतिएको शव फेला परेको थियो। घटना बाहिर आएपछि क्षेत्रमा सनसनी फैलिएको छ। तर यो मृत्यु कसरी भयो भन्ने रहस्य भने कायमै छ। अर्कोतर्फ घटनाको जानकारी प्राप्त हुनसाथ अतिरिक्त एसपी अमित वर्मा, एसडीपीओ सुरजित मण्डल, आईसी भास्कर प्रमुखसहितको ठूलो प्रहरी टोली घटनास्थलमा पुग्यो। मृतक ब्याङ्क कर्मचारीको नाम उत्पल सोनोवाल हो, जो अरुणाचल प्रदेशको इटानगर क्षेत्रका बासिन्दा हुन्। तिनी दुई वर्षदेखि माथाभाङ्गाको सरकारी ब्याङ्कमा कार्यरत थिए। ब्याङ्कका प्रबन्धक देवाशिष मण्डलले वहाँ दुई दिनदेखि ब्याङ्क नआएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement