प्रसिद्ध क्रान्तिकारी बाघजातिनको १४३औँ जन्मजयन्ती सिलगढीमा मनाइयो। बाघजातिन भनेर चिनिने क्रान्तिकारी जतिन्द्रनाथ मुखर्जीको आज १४३औँ जन्मजयन्ती हो। बाघजातिन मेन रोड इलाकामा मनिष बसु, निपेन सरकार, पार्थ चक्रवर्ती, बोल्टन चौधरी, रतन भौमिक, कमल देबनाथ, माणिक कुण्डुलगायत ज्येष्ठ नागरिकले यो दिवसलाई फरक ढंगले मनाएको थियो। यो कार्यक्रम आकाश नामक संस्थाको आयोजनामा भएको हो।










