बाघडोग्राको फरानी जोत इलाकामा एक युवकको शव भेटिएपछि इलाकामा हलचल मच्चिएको छ। जानकारी अनुसार बुधबार बिहान स्थानीयले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ बाघडोग्रा थानाको प्रहरी घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाएको थियो। मृतक युवकको नाम खुल्न नसकेको भएपनि उनको उमेर ३० देखि ३२ वर्ष रहेको बताइएको छ। अर्कोतर्फ प्रहरी स्रोतका अनुसार युवकको शव नजिकै मदिराको बोतल थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।










