बाबरी मस्जिद ध्वस्त भएको ३०औं वर्षगाँठमा साम्प्रदायिक अत्याचारसहित भाजपाका सबै कट्टरपन्थी गतिविधिहरूको विरोध गर्न एसयूसीआईले हिज राती सडक बैठक आयोजना गर्यो। मालदा सहरको हुलाक कार्यालय मोडमा आयोजित यो सडक बैठकमा संगठनका नेताहरूले केन्द्रको विरुद्ध मोर्चा खोलेका छन्। आज देशभरि कालो दिवस मनाइँदै आएको एसयूसीआईका जिल्ला सचिव गौतम सरकारले बताएका छन्।











