नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-२३-को क्वार्टर फाइनल राउण्ड आइतवारदेखि शुरु भयो। इनटेक नजिक खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार भएको म्याचमा अम्बटिया एफसी-ले सोनादा पचेंग समष्टिलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट तुशान्त थापाले सातौं र १९औं मिनटमा २ गोल गरे। अम्बटिया एफसी-का अभिषेक ठकुरीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ११ दिसम्बरको दिन खेलिने दोस्रो क्वार्टर फाइनलमा आठ माईल गोराबारी र बुङकुलुंग एफसी-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल ८ र १५ जनवरीमा खेलिनेछ। टुर्नामेण्टको फाइनल आउँदो साल २२ जनवरीमा हुनेछ। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार र उपविजेता हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।