लङ्कापाडामा सहिद मेजर दुर्गा मल्लको पूर्णाङ्ग सालिक स्थापना गरिने

7936fa4a-66e9-4df3-b181-185da68bc368

वीरपाडा– मदारीहाट खण्ड अन्तर्गत  लङ्कापाडा चियाबारीमा समाजसेवी जुगेश राईको संयोजकतामा तथा लङ्कापाडा दुर्गादास गुरूङको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा लङ्कापाडा क्षेत्रका विशिष्ठ व्याक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो भने धेरै चर्चा परिचर्चा पश्चात सर्वसहमतिद्वारा लङ्कापाडा डी. बी. लाइनको घुम्ती परिसरमा स्वतन्त्र सेनानी सहिद  मेजर दुर्गा मल्लको पूर्णाङ्ग सालिक स्थापना गरिने निर्णय लिइयो।

 स्मरण गराइन्छ कि यस विषयमा गत २६ नोभेम्वरको दिन एउटा सभा बसिएको थियो। यसै सन्दर्भमा आज सर्वसहमतिद्वारा  मेजर दुर्गा मल्ल सालिक निर्माण समिति गठन गरियो । जसमा अध्यक्ष जोहन गुरूङ, उपाध्यक्ष बिक्रम थापा, पुनम याखा,सचिव  मिनी थापा, सहसचिव रमेश थापा, रमेश तामाङ ,प्रचार- प्रसार सचिव सुनिल दर्नाल,कोषाध्यक्ष बिनेश राई, सहकोषाध्यक्ष आतिश राई, मुख्य संयोजक जुगेश राई तथा अन्य धेरै सदस्यगणलाई मुख्य सलाहकारको रूपमा  चयन गरेका थिए। आगामी २६ जनवरी २०२३ मा भव्य कार्यक्रम बीच स्वतन्त्रता सेनानी मेजर सहिद दुर्गा मल्लको पूर्णाङ्ग सालिक अनावरण गरिने संयोजक जुगेस राईले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *