भिन्न रूपमा सक्षम व्यक्तिद्वारा तयार गरिएको हस्तकलाको प्रदर्शनी आयोजित

IMG-20221206-WA0407.jpg

गान्तोक। पर्सन्स विद डिसएबिलिटिस कम्युनीटिले अफ् सिक्किमले राजधानीको एक होटलमा इन्टरनेशनल डे अफ् पर्सन विद डिसएबिलीटि पालन गऱ्यो। उक्त कार्यक्रममा गृह विभागका अतिरिक्त सचिव अविनाश राई मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा डा. एमबी छेत्री उपस्थित थिए। कार्यक्रममा पीडीसीएसका सदस्य सन्दीप राईले स्वागत भाषण राखे भने फोरमका सचिव सियोन लेप्चाले फोरमबारे उपस्थित सबैलाई विस्तृत जानकारी गराए। विशोष रुपले सक्षम व्यक्तिहरूले आफुले जीवनमा भोगेका कतीपय समस्या अनि विभिन्न विचारहरू पोखे। यो समुदायका व्यक्तिहरूलाई समाजले हेर्ने नजरमा परिवर्तन आउपर्ने विषयमा कार्यक्रममा सबैले जोर दिए। कार्यक्रमको मुख्य आकर्षण गीत प्रतियोगीता रहेको थियो। प्रतियोगीतामा क्रमैले देवेन राई प्रथम, सञ्जय प्रधान दोस्रो अनि आरुष दियाली देस्रो बने। विजेता अनि उपविजेताहरूलाई मुख्य अतिथिको बाहुलीबाट ट्रफी अनि प्रमाण पत्र प्रदान गरियो। यसरी नै अन्य प्रतियोगीहरूलाई सान्तवना पुरस्कार प्रदान गरियो। आज विशेष रुपले सक्षम व्यक्तिहरूद्वारा तयार गरिएको हस्तकलाहरू पनि प्रदर्शनीको निम्ति राखिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *