गान्तोक: गेजिङ नयाँ बजार पुलिसले भारी मात्रमा ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी जैवन्त राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार ए लेग्शेप निवासी जैवन्त राई एसके-०२पी-५०८२ मोटर बाइक चलाएर आइरहेका थिए। तर यस भन्दा अगावै नयाँ बजार पुलिसलाई उक्त व्यक्तिले ड्रग्स बिक्री गर्न लिएर मोटर बाइकमा गइरहेको सूचित गरिएको थियो। पुलिसको उक्त सूचनाको आधारमा आरोपीलाई रोकेर बाइक जाँच गर्दा १९ फाइल विन्सपास्मो फोर्ट क्याप्सुल, ३४ वटा एनटेन ट्याब्लेट सहित अन्य कुराहरू पनि आरोपीबाट फेला पारेपछि पक्राउ गरिएको हो। आरोपीविरूद्ध नयाँ बजार पुलिस थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।
About Author
Post Views: 196