चाल्सा चियाबारीमा हात्तीको आतङ्क

a49232b8-2bd9-43c4-9120-fa6eda6bd6ed

जलपाइगढी- जलपाइगढी जिल्लाको मटेली क्षेत्र अन्तर्गत चाल्सा चियाबारीमा हात्तीको आतङ्क दिन प्रतिदिन बढ्दो देखिएको छ। यसै क्रममा आज फेरि हात्तीको हमलाको घटना प्रकाशमा आएको छ। गए राति लगभग १२ ३० बजी चाल्सा चियाबारीको कोठी लाईन निवासी दिलिप लामा र पासाङ लामाको घर हात्तीको आक्रमणबाट क्षतिग्रस्त भएको छ। सबै सुतिरहेको समय खानेकुराको खोजीमा आएको जंगली हात्तीले भान्साघरलाई क्षतिग्रस्त बनाएको साथै खाद्यान्न सामग्रीहरू सबै नष्ट गरिदिएको पीडितहरूले बताएका छन्। प्राप्त जानकारीअनुसार, घटनाको खबर पाएपछि स्थानीय ज्योस्ना घतानीको पहलमा लगभग १.५ घण्टापछि वन विभागको टोली घटना स्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिए। उक्त क्षेत्रमा गत ३० नोभेम्बरको दिन मणि विश्वकर्माको घर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको थियो भने उक्त दिनदेखि क्षेत्रमा लगातार रूपमा हात्तीको प्रवेश भइरहेको छ। तर, सम्बन्धित विभागहरूबाट भने अझै केही पहल हुन नसकेको गाउँवासीहरूको गुनासो रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *