गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज नयाँ दिल्लीमा केन्द्रिय कृषि एवं किसान कल्याण, खाद्य प्रसंस्करण उद्योग मन्त्री नरेन्द्र तोमरसॅंग शिष्टाचार भेट गरे।
यस भेट अवधि राज्यपालले केन्द्रिय मन्त्रीलाई सिक्किममा केसरको खेतीको सफल परीक्षणबारे विस्तारसॅंग जानकारी गराए। उनले सिक्किममा केसर खेतीको सम्भावनालाई ध्यानमा राख्दै यसको उच्च उपजका लागि सहयोगको माग पनि गरे। यस अतिरिक्त, राज्यपालले राज्यमा जैविक खेतीका साथै खाद्य प्रसंस्करणको बारेमा पनि चर्चा गरेको बताइएको छ।










