हाम्रो पार्टीको ट्रेड युनियनद्वारा बन्द चिया बगानहरूमा राहत वितरण जारी

IMG-20221206-WA0348.jpg

दार्जीलिङ: लोवर सिर्डर चिया बगानमा राहत वितरण गरिएको छ। गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले बन्द चिया बगानहरूमा राहत वितरण गर्ने घोषणा गरेको थियो। त्यही घोषणा अनुरूप हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राहत वितरणको कार्य गर्दै आईरहेको छ। यसै सन्दर्भमा आज लोवर सिडर्स चिया बगानमा राहत वितरण गर्ने कार्य भएको छ। राहत वितरण गर्न आएका लोवर सिडर्स चिया बगानको श्रमिकहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डप्रति आभार जनाउँदै सत्ताधारी दलले गर्नु पर्ने काम एडवार्डले गर्दैछ भन्ने बताए। जीटीए सभाको चुनाव अघि अहिले जीटीएको चौकीमा बस्ने दलको नेतृत्वहरूले हामीलाई ठूल्ठूला सपनाहरू देखाएका थिए तर चुनावमा जितेपछि उनीहरूले आफुले गरेको कुनै वचन पूरा गरेको छैन भन्ने बताए भनी हाम्रो पार्टीको युनियनले बताएका छन्। बन्द चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई सहयोग पूराउनु पर्ने दाहित्व चुनाव जित्ने दलको हो तर उनीहरूले अहिलेसम्म केही गरेको छैन भन्ने स्थानीय श्रमिकहरूले बताए। हामीलाई अजय एडवार्ड जस्तो श्रमिकहरूको दुःख पीडा बुझ्ने नेताको जरूरत छ स्थानीय श्रमिकहरूले भने।

हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले गत केही महिना हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बन्द चिया बगानहरूमा राहत वितरण गर्ने घोषणा गरेको थियो अनि त्यही घोषणा अनुरूप हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राहत समाग्री वितरण गर्दैछ भन्ने उनले बताए।पहिलो चरणको राहत वितरणमा पहाडको १० वटा चिया बगानहरूमा राहत वितरण गर्ने कार्य भईसकेको छ र विगत केही दिन अघि १० वटा चिया बगानहरूमध्ये ६ वटा चिया बगानहरू अर्को कम्पनीले किनेको हुनाले ती ६ वटा चिया बगानहरूको सञ्चालन पनि शुरू भईसकेको छ भन्ने अध्यक्ष गुरूङले बताए। दोस्रो चरणको राहत वितरण बन्द चारवटा चिया बगानहरूमा भईरहेको छ भन्ने अध्यक्ष गुरूङले बताए।

रम्बुक सिडर्स, आलुबारी फूलबारी, राँगेरूङ, पान्दाम चिया बगान अझ पनि बन्द अवस्थामा नै रहेको छ अनि यी चिया बगानहरूलाई कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमाथि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो पक्षबाट पहल चलाउने काम गरिरहेको अध्यक्ष गुरूङले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *