हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीको पहलमा आईफल र आरुचाको ४०० बिरुवाहरू वितरण

IMG_20221206_171803.jpg

खरसाङ: जीटीए हर्टिकल्चर विभागको तर्फबाट विभागीय एमओडी मनोनित सभासद प्रमाण रसाईलीको पहलमा आईफल र आरुचाको बिरुवाहरू वितरण गरिएको छ। खरसाङको जीटीए गिध्द पहाड़स्थित कार्यालयमा सम्पन्न उद्यान पालन सप्ताह कार्यक्रममा जम्मा ९८ जनालाई आईफल र आरुचाको बिरुवाहरू वितरण गरिएको छ। यस वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा हर्टिकल्चर विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री, हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, पावर विभागको कार्यकारी अभियन्ता सुरज थापा, सिन्कोना बगानको सहायक म्यानेजर डा उज्जवल पती, हर्टिकल्चर विभागको सिनियर टेक्नीकल सहायक पवन प्रधान, युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, पूर्व सभासद प्रभा छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।
सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा आईफल र आरुचाको बिरूवा वितरण विषयमा हर्टिकल्चर विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले हर्टिकल्चर विभागको तर्फबाट विभिन्न प्रकारका बिरुवाहरू वितरण गरिरहेको र खरसाङ क्षेत्रका लागि आईफल र आरुचाको बिरुवाहरू जम्मा ४०० वटा विरुवाहरू वितरण गरिएको बताउँदै यो बिरुवाहरू कश्मीर र हिमाञ्चल प्रदेशबाट ल्याइएको उन्नत प्रजातिको बिरुवाहरू रहेको र यो हिउँ पर्ने क्षेत्रबाहेक चार हजारदेखि सात हजारसम्मको उँचाईमा पनि फल दिने बताएका छन्। सीनियर सेन्टिफिक अफिसर महादेव छेत्रीले अघि भने, यो बोटको कुनै पात छैन, तर यो यस्तै हो, यो दिसम्बर र जनवरी महिनामा रोप्ने बिरुवाहरू हुन् कारण यो अहिले सुसुप्तावस्थामा हुन्छ अनि रोपेपछि पचास प्रतिशत बिरुवा मर्नसक्छ।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित समीरदीप ब्लोन, पावर विभागको कार्यकारी अभियन्ता सुरज थापाले पनि वक्तव्य राखेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन मनोनित सभासद प्रमाण रसाईलीले राखेका थिए। यसै कार्यक्रममा खरसाङ र वरिपरि क्षेत्रका ९८ जनालाई आईफल र आरुचाको बिरुवाहरू वितरण गरिएको छ। यस कार्यक्रम विषयमा विभागीय एमओडी सभासद प्रणाम रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। मनोनित सभासद प्रमाण रसाईलीले आईफल र आरुचाको बिरुवाहरू खरसाङ र वरिपरिका क्षेत्रहरूलाई लिएर वितरण गरिएको बताउँदै यस वितरण कार्यमा उपस्थित सबै विभागीय अधिकारीरू र पार्टीका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् अनि यस कार्यको लागि जीटीए चिफ् अनित थापालाई पनि धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *