१९९१ पछि पहिलो पटक मिरिक हेलिप्याडमा हेलिकप्टर अवतरण

IMG_20221206_140631.jpg

मिरिक: सन् १९९१ मा सुभाष घिसिङले पूर्व राष्ट्रपति आर.के. वेंकटरामनलाई दार्जिलिङ भ्रमणको निम्तो दिइएको थियो। मिरिकमा रहेको हेलिप्याड तत्कालीन दार्जिलिङ गोर्खा हिल काउन्सिल डीजीएचसीका अध्यक्ष सुवास घिसिङले निर्माण गरेका थिए। भारतका तत्कालीन राष्ट्रपति आर. वेंकटरामन हेलिकप्टरबाट सिधै मिरिकको यो हेलिप्याडमा अवतरण गरेका थिए। त्यसयता यो हेलिप्याडमा कुनै पनि वीआईपी वा भिभिआईपी हेलिकप्टर अवतरण भएको छैन। मिरिकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज मिरिकको हेलिप्याडमा हेलिकप्टर प्रयोगात्मक अवतरण गरिएको एसडीओ सुदिप्त देवनाथ र नगरपालिका अध्यक्ष एलबी राईले बताए। यो हेलिप्याडलाई भविष्यमा स्थायी रूपमा प्रयोग गर्न सकिन्छ कि सक्दैन भन्ने हेर्नु यसको मुख्य उद्देश्य रहेको तिनले बताए। तिनले यो हेलिकप्टर गान्तोक, कालेबुङ र अन्य हिमाली हेलिप्याडमा अवतरण गर्ने पनि बताए।मिरिक महकुमास्थित हेलिपेडमा ३१ वर्षपछि मंगलबार पुन: हेलिकप्टर अवतरण गरिएको छ। मंगलबार प्रथम बिहान ९ बजेर ४५ मिनटमा हेलिकप्टर अवतरण गरियो भने दोस्रो अवतरण १ बजेर ४५ मिनटमा गरियो। अवतरणको क्रममा मिरिक महकुमा शासक सुदिप्त देवनाथ, मिरिक महकुमा पुलिस अधिक्षक रूद्रनारायण शाव, डीएमडीसी मृदुल श्रीमणे, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक थाना प्रभारी सुदिपकुमार विश्वास, अग्निशमन विभाग कर्मचारीवर्ग, स्वस्थ्य विभागका कर्मचारीवर्ग, नगरपालीकाका कर्मचारीहरू,पुलिसकर्मी आदिको उपस्थिति रहेको थियो।

यसक्रममा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मिरिक महकुमा शासक सुदिप्त देवनाथले मंगलबार परीक्षणको निम्ति मिरिकमा हेलिकप्टर अवतरण गरिएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *