लाब्दामा ओपन नक्आउट फूटबलः टिस्टा एफसी विजयी

IMG_20221206_114041.jpg

६ दिसम्बरः राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा टिस्टा एफसी-ले आफ्नो म्याच जित्यो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा सोमवार भएको म्याचमा टिस्टा एफसी-ले तीन माईल एफसी-लाई ५-३-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *