एसकेएम पार्टीको परामर्श समितिको रिपोर्ट सार्वजनिक गरिनुपर्ने एलटीभीसी-को माग

IMG_20221205_235253.jpg

गान्तोक: राज्य विधानसभामा जनजाति आसन आरक्षण सम्बन्धमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गठन गरेको परामर्श समितिको रिपोर्ट सार्वजनिक गरिनुपर्ने लिम्बू तामाङ भोलेन्टेरी कमिटी (एलटीभीसी) ले माग गरेको छ। उल्लेखनीय छ, एलटी सीटलाई लिएर सत्तारुढ़ एसकेएम पार्टीले लोकसभा सांसद इन्द्र हाङ्ग सुब्बाको अध्यक्षतामा कमिटी गठन गरेर सबै हितधारक सङ्घ संस्थाहरूबाट परामर्श लिएको थियो। सङ्गठनका प्रचार सचिव मुक्कुम हाङ्ग लिम्बूले प्रेस विज्ञप्ति जारी गरेर उक्त कमिटीको अन्तिम रिपोर्ट सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।

लिम्बू तामाङ भोलेन्टेरी एसोसिएशन राज्य सरकार समक्ष तीनवटा माग राखेको छ जसमा लिम्बू तामाङलाई राज्य विधानसभामा जनजाति आसन आरक्षणको फर्मूलासहितको परामर्श समितिको अन्तिम रिपोर्ट सार्वजनिक गरिनुपर्ने, परामर्श समितिसमक्ष विभिन्न हितधारक सङ्घ संस्थाले दिएको सुझाउ तथा ज्ञापन सार्वजनिक गरिनुपर्ने र राज्यका लोकसभा सांसदन इन्द्र हाङ्ग सुब्बाले यसै संसदको हिउँदे सत्रमा लिम्बू तामाङको मुद्दालाई उठान गर्नुपर्ने रहेको छ।

यसको साथै एलटी सीटलाई प्रमुख चुनावी मुद्दा बनाएर सरकारमा आएको एसकेएम पार्टीको सरकारले चार वर्ष वितेर जाँदा पनि यस दिशामा कुनै ठोस पहल नगरेको बताउँदै अब सरकारले चुड़ान्त निर्णय लिने समय आएको लिम्बू तामाङ भोलेन्टेरी कमिटीको भनाइ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *