मंगन: मतदाता नामावलीको संक्षिप्त संशोधनबारे राज्यका सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूसँग जिल्लापाल डा. एबी कार्कीले मंगनमा एक बैठक गरे। बैठकमा भारतीय जनता पार्टी, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी, सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा जिल्लापाल डा. एबी कार्कीले भारतीय चुनाउ आयोगले मतदाता नामावलीको संक्षिप्त संशोधनबारे गरेको तयारीमा अपनाएका पारदर्शिता पहलहरूबारे विस्तृत रूपमा जानकारी गराए। मतदाता सूचीमा नाम थप्ने, मेटाउने, नाम संशोधन, ईपिक कार्ड आदिबारे बूथ स्तरीय एजेण्टहरूसँग सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूले छलफल गर्नसक्ने बताए।