हत्याको आरोपमा दुई नेपाल निवासी पक्राउ

5079.jpg

गान्तोक: सदर पुलिसले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराए अनुसार रेत कुमारी राईले केही दिन अघि सदर थानामा आफ्नो पति हराएको सिकायत दर्ता गरेकी थिइन्। रेत कुमारी राई नेपाल निवासी कटक बहादुर राईकी पत्नी हुन्। पुलिसको भनाइ अनुसार कटक बहादुर राई काम गर्नको निम्ति गान्तोक आएका थिए। गान्तोक आएको केही दिनसम्म राईले आफ्नो परिवारसँग फोनमा निरन्तर सम्पर्क गरिरहेका थिए। तर १४ नोभेम्बरदेखि कल रिसिब नगरेपछि उनले शंकाको आधारमा पुलिससमक्ष रिपोर्ट दर्ता गरेकी थिइन्। मृतकका साथी धनराज राई र डम्बर बहादुर राईसँग पीडिताले सम्पर्क गर्दा काम लिएर गान्तोक गएको बताएका थिए। वास्त्वमा मृतक साथै हत्यारा सबैजना नेपाल निवासी रहेको र केही वर्षदेखि सिक्किममा बसेर काम गर्दै आइरहका थिए। पुलिसले आरोपीद्वयलाई केरकार गर्दा दुवै जनाको उत्तर स्पष्ट नभएको थाह लागेपछि पक्राउ गरेको हो। आरोपीद्वयले पुलिसलाई दिएको वयान अनुसार उनीहरू तीनै जना नाबे सोतक जंगलमा रूख काटन गएको र सोही समयमा रूख ढल्दा टाउकोमा लागेपछि कटक राईको घटनास्थलमा नै मृत्यु भएको हो। त्यसपछि दुवै जनाले शवलाई त्यही दबाएऱ भागेका थिए। उनीहरू नेपाल भाग्ने क्रममा पानी ट्याङ्कीमा पीडितका परिवारले पक्रेपछि गान्तोक ल्याइएको थियो। आरोपीद्वय धनराज राई नेपालको ओखल ढुङगा माने भञ्ज्याङ निवासी रहेको पुलिसले केरकार गर्ने क्रममा बताएका हुन्। पुलिसले आरोपीद्वय विरूद्ध आइपीसीको धारा ३०२, २०१ र ३४ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *