शैक्षिक एवम् परीक्षा प्रबन्धन टोलीको बैठक समपन्न

IMG_20221205_225715.jpg

गान्तोक: ३ र ४ दिसम्बरको दिन विद्या भारती सिक्किमको दुई दिवसीय प्रान्तीय शैक्षिक एवं परीक्षा प्रबन्धन टोलीको बैठक तादोङस्थित विद्या भारतीको प्रान्त कार्यालयमा सम्पन्न भयो। बैठकमा प्रान्तद्वारा प्रकाशित वार्षिक पत्रिका, विद्यार्थी दैनन्दिनी, तिथि-पत्र, प्रगति विवरण पत्रक विषयमा चर्चा एवं निर्णय लिइएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्। शैक्षिक टोलीद्वारा आगामी शैक्षिक सत्र २०२३ मा शिक्षा, पाठ दान, परीक्षा, शिक्षण व्यवस्था जस्ता महत्वपूर्ण कार्यको जायजा लिन विद्यालय निरीक्षणको बारेमा चर्चा गरियो। यसै गरी, बैठकमा पत्रिका सम्पादक टोली र परीक्षा प्रबन्धन टोली पनि गठन गरियो।यस बैठकमा विभिन्न विद्यालयहरूबाट चयनित प्रधानाचार्य, सह-प्रधानाचार्य, विषयगत आचार्य-आचार्या, विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा र कार्यालय सचिव सूर्य धिताल उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *