पैह्रो पिडितहरुलाई आर्थिक सहयोग

IMG_20221205_225908.jpg

नाम्ची: राङगाङ याङगाङ क्षेत्रमा पर्ने पाथिङ गाउँमा विगत केही दिनदेखि लगातार रुपमा पैह्रो चलिरहेको छ। यसले गर्दा त्यहाँका मानिसहरुले धेरै दुःख कष्ट भोगिरहेका छन्। पैह्रोबाट प्रभावित परिवारहरूलाई सरकारका साथै केही संस्थाहरुले पनि सहयोग पुऱ्याउॅंदै आइरहेका छन्। यसै क्रममा आज राबोङ मेनलाइन मोटर ट्रान्सपोर्ट वेलफेयर चालक सङ्गठनले पैह्रो पीड़ितहरूको सहयोगका लागि ३०,००० हजार रूपियॉं प्रदान गरका छन्। उक्त रकमलाई सङ्गठनका अध्यक्ष कर्णबहादुर गुरुङ, महासचिव माइता सिंह तामाङ र कोषाध्यक्ष जीवन छेत्रीले पाथिङ पैह्रो राहत कोषमा राङगाङ याङगाङकी क्षेत्र विधायक राजकुमारी थापालाई हस्तान्तरण गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *