मन्त्री एमएन शर्माद्वारा एसएनटी रेस्ट हाउसको उद्धघाटन्

IMG_20221205_230046.jpg

सिलगढ़ी: एमएन शर्मा सिक्किम सरकारको यातायात एवं उर्जा विभाग मन्त्री आइतवार सिलगढ़ीमा एसएनटी रेस्ट हाउसको उद्घाटन गरे। उद्घाटनको अवसरमा एसएनटी विभागका प्रधान सचिव राज यादव, प्रधान मुख्य अभियन्ता मनिस प्रधान, जीजेएम भूपेन्द्र छेत्री, एसएनटी विभाग सिलगढ़ीका कर्मचारीहरू आदि पनि उपस्थित थिए।अन्तिमपल्ट २००६ मा यो रेस्ट हाउसको मरम्मत गरिएको थियो भने करिब १६ वर्षपछि यसको मरमत्ति भएको छ। मरम्मति गरिएको यस रेस्ट हाउसमा आठवटा कोठाहरु छन्। यस रेस्ट हाउसमा एउटा सुइट र तीनवटा एसी डिलक्स रूम सामेल रहेको छ।रेस्ट हाउस उद्घाटनपछि मन्त्री शेर्पाले सिलगढ़ीको एनएसटी कम्प्लेक्स भ्रमण गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *