फोरेन्सिक टोली सिलगढीमा दम्पतिको अस्वभाविक मृत्युको जाँच गर्न

20-50-55-c0ce9c49-eaff-478c-b171-9ab564e404a3-1024x576.jpg

सिलगढी: आज फरेन्सिक दल सिलगढी सुभाषपल्ली इलाकामा दम्पतिको अस्वाभाविक मृत्युको घटनाको जाँचको लागि सो घरमा आइपुगेको छ। केही दिन अघि सिलगढीको १८ नम्बर वार्डको सुभाषपल्लीमा एउटा बन्द घरबाट उज्जव कुमार सिन्हा र देवलिना सरकार सिन्हा नाम गरेको दम्पतिको मृतदेह उद्धार भएको थियो। घरभित्र सुसाइट नोट लगायत जलेको केही कोइला पनि उद्धार भएको थियो। पुलिसको अनुमान अनुसार कोइला जलाएर घरमा कार्बन मोनोअक्साइड तयार गरेर आत्महत्या गरेको हुनसक्छ। व्यक्तिले सुसाइट नोटमा आत्महत्या गरेको कुरा उल्लेख गरेको थियो। यसपछि पुलिसले सो दम्पतिले कसरी आत्महत्या गर्यो भन्ने विषयमा स्पष्ट हुनको लागि साथै कोइला बाहेक अन्य कुनै रासायनिक तथा अन्य केही प्रयोग गरेको थियो अथवा थिएन भन्ने विषयको जाँचको लागि फरेन्सिक टोलीलाई खबर दिएको थियो। यसैले आज फोरेन्सिक टोली घटनास्थलमा पुगेर जलेको कोइला लगायत अन्य केही नमुनाहरू संग्रह गरेपछि जाँचको लागि पठाइने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *