गान्तोक: नेपाल निवासी रेतकुमारी राईले तिनको पतिको कथित हत्याको सम्बन्धमा सदर थानामा एफआईआर दर्ता गरेकी छन्। यस घटनाको सम्बन्धमा दुई आरोपितलाई पक्राउ गरिएको छ। पुलिस रिपोर्टअनुसार, आइतवार रेतकुमारी राईले सदर थानामा तिनको पतिको हत्या भएको बताउॅंदै लिखित रूपमा एफआईआर दर्ता गरेकी छन्। तिनले एफआईआरमा उल्लेख गरे अनुसार, तिनको पति कटकबहादुर राई काम गर्न गान्तोक आएका थिए। उनको पतिसॅंग निरन्तर सम्पर्क भइरहने गर्थ्यो। तर, अचानक तिनको पतिसॅंग सम्पर्क हुन छोड्यो, जसपछि तिनले पतिका मित्रद्वय धनराज राई र डम्बरबहादुर राईसॅंग सोधपुछ गरे।
तिनीहरूले उनको पति बजार गएको र फर्केर कार्य क्षेत्रमा नआएको जानकारी गराए। तिनीहरूको बयानमा आशंका उत्पन्न भएपछि तिनको भाईले सदर थानामा कटकबहादुर राई हराएको मामिला दर्ता गरे। जॉंचको क्रममा तिनीहरूले विरोधाभारी बयान दिइरहेका थिए। यसबिच पीड़ितका परिवारहरूले पनि आफ्नो स्तरमा जॉंच पडताल गरिरहेका थिए। यस अवधि तिनीहरूले जङ्गलमा एउटा रूखले कटकबहादुर राईको टाउकोमा लागेर मृत्यु भएको तथा धनराज राई र डम्बरबहादुरले कसैलाई यसको सूचना नदिई जङ्गलमा गाडेर नेपाल भागेको थाहा पाएको कुरा एफआईआरमा उल्लेख छ।
नेपाल भाग्ने क्रममा पश्चिम बंगालको पानीट्याङ्की छेउ दुवैलाई पक्राउ गरिएको र सदर थानामा प्रस्तुत गरिएको बताइएको छ। पीड़ित परिवारले अगाडिको कानूनी कारबाहीको निम्ति दुई विरूद्ध एफआईआर दर्ता गरेका छन्। आरोपित दुवै नेपालको ओखलढुङ्गा निवासी हुन्। पुलिसले यस घटनाको सम्बन्धमा हत्याको मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।