अलिपुरद्वार- जागीरको स्थायीकरणको माग गर्दै सोमबारदेखि बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका अस्थायी बन कर्मचारीहरू अलिपुरद्वार स्थित बीटीआरको डीएफडी कार्यालय अघि अनिश्चितकालीन हड़तालमा बसेका छन्। नौकरी स्थायीकरण साथै वेतन वृद्धि एवम् नियमितीकरणको दाबी आजसम्म पुरा नभएकोले अनिश्चितकालीन हड़तालमा बस्न बाध्य परेको बन कर्मचारीहरूले जनाएका छन्। बन विभागले विगत २०२० सालको १४ जनवरीदेखि सम्पूर्ण अस्थायी कर्मचारीहरूलाई स्थायी गर्ने अधिसूचना जारी गरेता पनि आजसम्म यसको कार्यान्वयन नभएको एवम् पटकपटक उच्च कमानमा यस विषयमा ज्ञापन दिँदा पनि कुनै सकरात्मक संकेत नपाएकोले आजदेखि अनिश्चितकालीन हड़ताल शुरु गरेको बताएको छ।