सरकारी प्राथमिक पाठशालामा विद्यार्थीहरूका खस्कदो विषयमा सभा सम्पन्न

IMG-20221205-WA0315.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीको गाँधी मेमोरियल निम्न बुनियादी प्राथमिक पाठशालामा सरकारी प्राथमिक पाठशालामा विद्यार्थीहरूका खस्कदो विषयमा सभा सम्पन्न भएको छ। उक्त सभा पाठशाला सञ्चालन समितिको सभापति हर्क गुरुङको अध्यक्षता र शिक्षिका अनु प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभामा उपस्थित अतिथहरू र सभापतिलाई खदार्पण गरी स्वागत जनाएका थिए भने सभामा स्वागत सम्भाषण पाठशालाको प्रधान अध्यापिका कविता गुरुङले राखेका थिए।

सभामा समाजसेवी सूर्य नारायण प्रधानले आफ्नो विचार राख्दै सरकारी प्राथमिक पाठशालामा नानीहरू नहुनुमा अभिभावकवर्गले पाठशालाबारेमा सठीक जानकारी नपाउनु, आडम्बर लाग्नु साथै सरकार पक्ष र विभागबाट पनि सही रूपमा निर्क्यौल नहुनु रहेको बताएका छन्। उनले पाठशाला प्रबन्धनमा सठीकता नहुनु, पाठशालामा वितरण हुनु पर्ने विषयहरूको गुणस्तरमा कमी साथै समय बितेर वितरण गरिनु अनि शिक्षण क्षेत्रमा राजनीतिले पनि असर पारेको देखिन्दैछ भनी बताएका छन्। सुर्यनारायण प्रधानले यी कतिपय समस्याहरू समाधान गर्नलाई गाउँ समाज अघि आउनु पर्ने आह्वान् पनि गरेका छन्। सभामा पूर्व शिक्षक शेखरचन्द्र प्रधानले गाँधी प्राथमिक पाठशालाले भेट्ने समाजलाई निवेदन गरी सभा आयोजना गरी माग्ने अनि उक्त सभामा सबै गएर सम्झाउने र बुझाउने सुझाव राखेका छन्। त्यसरी नै सभामा पूर्व शिक्षक सुरज राईले पाठशालामा विद्यार्थीहरू धेर थोर भए पनि श्रेणीहरू शिशु श्रेणीदेखि चौथो श्रेणीसम्म भएकोमा दुईजना मात्रै शिक्षिकाले सबै श्रेणी सञ्चालन गर्नु गाह्रो परे पूर्ण सहयोग समाजबाट सहयोग गर्ने आश्वासन दिएका छन्। महानदी ग्राम सुधार समितिको पक्षबाट जयन्त जैसवालले निजी स्कूलहरू र सरकारी पाठशालाहरुको प्रदर्शनमा निक्कै फरक परेको छ भन्दै निजी स्कूलको नानीहरूको ड्रेस, नानी ल्याउन र लानलाई, नानीलाई ट्युशन इत्यादि कुराले पनि जनसाधारणमा आकर्षण बढ्ने जनाएका छन्।

सभामा घुम्ती कमानको ग्राम सुधार समितिको पक्षबाट निलेस खवासले सबै समाजबाट सभा आयोजना गरी हामीले पढेको पाठशालाको गरिमा फर्काई ल्याउन पर्ने जिम्मेवारी हाम्रै हो र हामी सबै यसमा लागि मिली अघि आउनु पर्ने जनाएका छन्। त्यसरी नै सभालाई सम्बोधन गर्दै स्वनिर्भर दलको पक्षबाट रोजी राईले नानीहरूले पाउनु पर्ने युनिफर्म सबै आदेस अनुरूप बनाएको र सामग्री प्राप्तिमा केही बिलम्ब भएकोले समस्या भएको बताइन्। सभाध्यक्ष हर्क गुरुङले पाठशालाको पहिलेकै गरिमा फर्काई ल्याउनलाई गुरुमाद्वयले विभाग, गाउँ समाज र शिक्षित गण्य मान्य व्यक्तिहरूबाट सहयोग लिन पर्ने र अघि बढ्नु पर्ने कुरामा जोड दिन्दै आफुहरू पनि साथमा रहेको बताएका छन्। उनले सभामा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement