उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको बन अधिकारसित सभा

67f47e9c-7e55-41a6-83ef-2e3f0d6c58e0


कालचिनी – उत्तरबंगालभरीका सम्पूर्ण बनबस्ती बासिन्दाहरूको बन अधिकार नियम अर्थात एफआरए २००८ अनुरुप अधिकारको पूर्ति हेतु बनबस्ती बासिन्दाहरूलाई सचेत गराउने उद्देश्यले आज राजाभातखावा स्थित गारोबस्तीमामा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको एउटा सभा सम्पन्न भयो। सो सभामा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेल लगायत को-कन्भेनर सुन्दरसिंह राभा, सुन्तलाबारी एफआरसी सचिव अरुणकुमार राई, अल इन्डिया फोरम फर फरेस्ट मुभमेन्ट (एआईएफएम) का सचिव सौमित्र घोष, एपीडीआरको पक्षबाट सुमन गोस्वामी, राजाभातखावाका विशिष्ट समाजसेवी दुर्गा चामलिङ, आदिको विशेष उपस्थिति रहेको थियो।
सभामा दुर्गम बक्साद्वार पहाड़देखि लिएर बक्सा ब्याघ्र प्रकल्प अन्तर्गत पर्ने विभिन्न बनबस्ती अनि कोचबिहार डिभिजन र जलपाइगढी डिभिजन अन्तर्गत पर्ने विभिन्न बनबस्ती प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।बन अधिकार कानुन बमोजिम आजसम्म बनबस्ती बासिन्दाहरूले सुविधा नपाएको र बन विभागले मनपरी कानुन बनाएर ग्राम सभाको अनुमति बिना काम गरिरहेकोले यसलाई कसरी प्रतिरोध गर्दै अधिकार लिने यसबारे सभामा चर्चा भएको उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले जनाएका छन्। बन अधिकार कानुन अर्थात प्रत्येक गाउँमा फरेस्ट राइट्स कमिटी रहे तापनि बन विभागले आफ्नो स्वेच्छा नीति अप्नाएर ग्राम सभाको अनुमति र सल्लाह समेत नलिई काम गरिरहेकोले यसप्रति सबै बनबस्ती बासिन्दाहरू गम्भीर हुन पर्ने र यसैको निमित्त यो सभाको आयोजना गरिएको उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेल र सह-कन्भेनर सुन्दरसिंह राभाले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement