हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु

Capture7-1

मदारीहाट : मदारीहाटको हान्टापाडा चियाकमानमा जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मदारीहाटको हान्टापाडा चियाकमान निवासी किशन उराउँ आज मदारीहाट बाङ्गरी नदी इलाकामा काम गर्न गएको समय जङ्गली हात्तीले तिनलाई पछिल्तिरबाट हमला गर्दा गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिस लगायत परिवारका सदस्यहरूले गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर मदारीहाट अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement