कालचिनी – विश्व माटो दिवसलाई केन्द्र गर्दै कालचिनी सहकृषी विभाग र तथ्य औ उपदेष्टा कमिटीको संयुक्त आयोजनामा औ छबि फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको सहयोगितामा सोमबार कालचिनी खण्डको दक्षीण लोथाबारीमा स्थानीय किसान औ एफपीसीका सदस्यहरूलाई लिएर कृषि सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कालचिनी सहकृषि अधिकारी प्रबोद कुमार मण्डल लगायत आत्मा प्रकल्पको कालचिनी ब्लक चेयरम्यान अधीर राय, एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा किसानहरूले जैविक खेतीप्रति मनध्यान दिई गोबरमल र गँड्यौला मलको उर्वरतामा खेती गरे कृषि विभागले सकेभर सहयोगिता प्रदान गर्ने र दक्षीण लोथाबारीमा प्रायः डेढ़ बीघा जमीनमा जैविक मलको भवन तयार गर्न लागेको सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले जनाएका छन्।
मूलतः खेतीमा रासायनिक मलको सट्टा जैविक मलको प्रयोग र किटनाशक औषधिमा नीमको रस छिड़काव गर्ने साथै जमीनमा भर्मिकम्पोस्ट तयार गर्ने सुझाउ राखिएको थियो। कृषि विभागको पक्षबाट किसानहरूलाई लिएर विविध सचेतना कार्यक्रम गर्दै आइरहेको र आज विश्व माटो दिवसलाई केन्द्र गर्दै स्वास्थ्य औ जैविक साथै पोषिलो खेतीपातीको अभ्यास गर्न किसानहरूलाई सचेतना गरिएको र यसै अवसरमा नै कृषि विभागको पक्षबाट उपस्थित किसानहरूलाई जमुनाको बिरुवा प्रदान गरिएको कालचिनी सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले थप जनाएका छन्।