होस्टेलबाट झुन्डिएको अवस्थामा छात्राको शव उद्धार

Capture8

कुचबिहार :  झुन्डिएको अवस्थामा एकजना छात्राको शव उद्धार भएको छ। कुचबिहारको एबीएन शील कलेजको सिस्टर निवेदिता गर्ल्स होस्टेलमा भएको हो। मृतक छात्रा निवेदिता सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार मृतक छात्रा निवेदिता सरकार कुचबिहारको एबीएन शील कलेजको दर्शन विभागको तृतीय वर्षको छात्रा हुन् भने तिनी अलिपुरद्वार जिल्लाको जटेश्वर निवासी हुन्। आज बिहान अन्य छात्राहरूले होस्टेलमा झुन्डिएको अवस्थामा निवेदितालाई देखे। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *