मङ्पू नाली डाँडादेखि शिव मन्दिरसम्म बाटोको मरमति काम शुरू

photocollage_2022125171712257.jpg

मङ्पू: मङ्पु र सिटोङलाई जोड्ने यस बाटो भएर दैनिक रुपमा धेरै गाडीहरु सिटोङ जाने गर्छ। सिटोङ क्षेत्र पर्यटनको दृष्टिकोणले अहिले अत्यन्तै प्रचलित ठाउँ हो। यो बाटोको अवस्था निकै नै खराब बनेको थियो भने आजदेखि यस सडकलाई मरमति गरिने कार्यको थालनी भएको छ। यस अवसरमा क्षेत्रीय सभासद् रतन कुमार थापाको विशेष उपस्थिति रहेको थियो।यो बाटो निर्माणको निम्ति जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद् रतन कुमार थापा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मङ्पू- लाब्दा समष्टि प्रतिनिधिगण, युवा शक्ति, नारी शक्ति, पीआरओ बिज्ञान मिश्र साथै ठेकेदार मिनेन्द्र राईप्रति गाउँलेहरूले आभार व्यक्त गर्नको साथै बाटोको गुणस्तर राम्रो होस् भन्ने माग पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement