मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जी-२० को लोगोमाथि जनाइन् आपत्ति

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्रीलाई छुट्टै भेट नगर्ने बताइन्। सोमबार दिउँसो राष्ट्रिय राजधानी प्रस्थान गर्नुअघि कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई ब्रिफिङ गर्दै मुख्यमन्त्रीले सोमबारदेखि शुरु हुने नयाँ दिल्ली र राजस्थानको चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै भेट्ने बताइन्। आउँदो वर्ष भारतले आयोजना गर्ने जी–२० शिखर सम्मेलनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सोमबार साँझ राष्ट्रपति भवनमा हुने मुख्यमन्त्रीहरुको बैठकमा सहभागी हुने उनले बताइन्। मुख्यमन्त्रीले भने, ‘त्यहाँ प्रधानमन्त्रीसँग केही वार्ता हुनेछ। तर यसपटक प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट्ने सम्भावना छैनl’

जी–२० को लोगोको विवादमा उनले कमल हाम्रो राष्ट्रिय फूल भए पनि यो राजनीतिक दलको लोगो पनि भएकाले यसलाई जी–२० को लोगोको रुपमा प्रयोग गर्न नहुने भन्दै उनीहरुसँग अरु धेरै विकल्प रहेको बताए। केन्द्रले जी-२० लोगोको लागि कमल बाहेक कुनै पनि राष्ट्रिय प्रतीक प्रयोग गर्नसक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *