चेयरम्यान, भाइस चेयरम्यानले महकुमा शासकलाई चढाए अर्जी

IMG-20221205-WA0234.jpg

चार नगरपार्षदहरूलाई अयोग्य घोषित गरियोस।
कानूनी प्रक्रियामा ओर्लि सकेका छौ,कसैले हामीलाई कम्जोर सम्झिने भुल नगरोस: श्यामलाल प्रधान

दार्जीलिङ: चार जना नगरपार्षदहरूलाई अयोग्य ठहराउँनु पर्ने मांग गर्दै दार्जीलिङ नगरपालिका को चेयरम्यान रितेश पोर्तेलले महकुमा शासकलाई चढाए अर्जी। गत २८ नोभेम्बरको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जीलिङ नगरपालिकामा फ्लोर टेस्टको मांग गर्दै चेयरम्यान,भाइस चेयरम्यानलाई नोटिस सोम्पिएको थियो।दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल,भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य नगरपार्षदहरूले महकुमा शासक दुलेन रायसंग भेट गरे अनि उनीहरूसंग बरिष्ठ अधिबक्ता श्यामलाल प्रधान लगायत अन्य अधिबक्ताहरू पनि साथमा थिए अनि तीनवटा भिन्न भिन्नै विषयहरूमा महकुमा शासकलाई अर्जी चढाएका छन।महकुमा शासक दुलेन रायसंग भेट गरेपछि दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेले पत्रकारहरूसंगको कुराकानीमा आफुले महकुमा शासक दुलेन राय समक्ष तीनवटा भिन्न भिन्नै विषयहरूमाथि अर्जी चढाएको जनाए।जसमा चार जना नगरपार्षदहरू दीपेन ठकुरी,सितम लामा, शरण कुमार छेत्री अनि विष्णु मल्ललाई अयोग्य ठहराउँनू पर्ने मांग गरिएको तिनले बताए। त्यसरी नै गणेश सार्की एक जना निर्वाचित नगरपार्षद हुदा हुदै उनले नगरपालिका को नियम विरूद्व काम गरेको साथै जाली हस्ताक्षर गरेको अनि निर्वाचित नगरपार्षदले अर्को निर्वाचित नगरपार्षदहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाउँदै उनीहरूसंग सामेल गराउँने प्रयास गरेको आदि जस्ता विषयहरूमाथि भिन्न भिन्नै तीनवटा विषयहरूमाथि महकुमा शासक राय समक्ष अर्जी चढाएको तिनले बताए।यस संदर्भमा दार्जीलिङ नगरपालिकाको बरिष्ठ अधिबक्ता श्यामलाल प्रधानले पत्रकारहरूसंगको कुराकानीमा बंगाल नगरपालिका एक्र्ट १९९३ को आधार मा आफुहरूले तीनवटा भिन्न भिन्नै विषयहरूमाथि महकुमा शासक दुलेन राय समक्ष अर्जी चढाएको जानकारी गराए। दीपेन ठकुरी, शरण कुमार छेत्री, सितम लामा अनि विष्णु मल्ल अन्य राजनीति दलमा सामेल भएकोमा उनीहरूलाई अयोग्य ठहराउँनु पर्ने मांग गरिएको अधिबक्ता प्रधानले बताए। तिनले स्पष्ट शब्दमा भने कुनै पनि उम्मेद्वार निर्वाचित भएर बोर्ड गठन गरी सकेपछि अन्य दलमा सामेल भएको खण्डमा उनीहरूलाई अयोग्य ठहराउँने कानूनी प्रवाधान रहेको अधिबक्ता प्रधानले बताए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १६ जना नगरपार्षदहरूको सूची चेयरम्यान,भाइस चेयरम्यानलाई सोम्पिएका थिए अनि तीन १६ जना नगरपार्षदहरू मध्ये ४ जना नगरपार्षदहरूलाई अयोग्य ठहराउँनु पर्ने मांग गरिएको अधिबक्ता प्रधान ले दोहोराए।त्यसरी नै नगरपार्षद दीपेन ठकुरी स्वयम एक जना निर्वाचित नगरपार्षद हुदा हुदै उनले अर्को निर्वाचित नगरपार्षदलाई रूपियाँ पैसाको प्रलोभन देखाएको थियो अनि उनले प्रलोभन देखाउँदै गरेको फोन रिकार्ड समाजिक संजालहरूमा भाइरल पनि भएको थियो साथै सदर थानामा दीपेन ठकुरी विरूद्व आईपीसी को धारा ३५४डी मा मामला दर्ता भएर यसमाथि कानूनी प्रक्रियाहरू पनि शुरू भई सकेको छ भन्ने अधिबक्ता प्रधानले बताए।तृणमूल नगरपार्षद गणेश सार्की नगरपार्षद हुदा हुदै अनैतिक प्रकारले विल्डिङको निर्माण गरेको विरूद्वमा अर्जी चढाएका छौ अनि उक्त अर्जीमा गणेश सार्कीको नगरपार्षदको सदस्यता खारिज गरिनु पर्ने मांग गरिएको छ भन्ने अधिबक्ता प्रधानले बताए। एउटै चूनाव चिन्हमा निर्वाचित भएर बोर्ड गठन गरेपछि अन्य राजनीति दलमा सामेल हुदा उनलाई अयोग्य ठहराउँने प्रवाधान रहेको अधिबक्ता प्रधानले बताए। तिनले अधि भने भागोप्रमोले १६ नगरपार्षदहरू को सूची दार्जीलिङ नगरपालिकाको चेयरम्यान, भाइस चेयरम्यानलाई सोम्पिएर फ्लोर टेस्टको मांग गरेको विषय जनता समक्ष रहेको थियो तर अब यसले कानूनी रूप लिएका छन अनि हामी कानूनी प्रक्रिया शुरू गरी सकेका छौ, कसैले पनि हामीलाई कम्जोर सम्झिने भूल नगरोस।हामी उच्च न्यायलयसम्म जाने तयारी गरी सकेका छौ अधिबक्ता श्यामलाल प्रधानले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *