भोटको दिन रोड शो गर्न अनुमति छैन: ममता

mamata_banerjee-e1667289575526

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गुजरातमा जारी दोस्रो चरणको मतदानलाई लिएर प्रधानमन्त्री मोदीलाई निशाना बनाउँदै भनिन्, ‘मतदानको दिन रोड शोलाई अनुमति छैन, तर प्रधानमन्त्री मोदी र उनको पार्टी भीभीआईपी हुन्, उनीहरू जे पनि गर्न सक्छन्। उनीहरूलाई कसैले केही भन्न सक्दैनl’ प्रधानमन्त्री मोदीले सोमबार अहमदाबाद शहरको मतदान केन्द्रमा मतदान गरे। त्यहाँ उपस्थित जनतालाई अभिवादन गर्दै प्रधानमन्त्री मोदी पैदल मतदान केन्द्रमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement