भाजपाले पञ्चायत र नगरपालिका दुवै चुनाव लड्ने र जित्नेछ पनि: राजु विष्ट

IMG-20221205-WA0224.jpg

खरसाङ: दार्जिलिङका भाजपा सांसद राजु विष्ट आज दार्जिलिङ जाने क्रममा खरसाङमा भारतीय जनता पार्टीको कार्यकर्ताहरूलाई भेटघाट गर्नलाई उत्रेका थिए। उनले खरसाङको रेलवे स्टेशनमा आएर पार्टी कार्यकर्ताहरुसित भेटघाट गरी रेलवे स्टेशनको निरीक्षण पनि गरेका थिए। खरसाङमा पार्टी कार्यकर्ताहरूद्वारा सासंद राजु विष्टलाई स्वागत गरिएको थियो। खरसाङमा पत्रकारहरूले प्रश्नको उत्तर दिन्दै सांसद राजु विष्टले भाजपाले पञ्चायत चुनाव र नगरपालिका चुनाव दुवै लड्ने अनि जित्ने पनि दाबी गरेका छन्। उनले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक प्रणालीमा हुने चुनावमा भारतीय जनता पार्टीले भाग लिने र जित्ने पनि बताएका छन्। जीटीए खाली डब्बा हो, यो ईञ्जनबिनाको डब्बा भएकोले हामी चुनावमा गएनौं तर लोकतान्त्रिक तरिकाले हुने पञ्चायत चुनाव र नगरपालिका चुनावमा सहभागी जनाउने बताएका छन्। विष्टले यसको लागि पञ्चायत चुनावको नोटिफिकेशन निस्केपछि गठबन्धन दलहरूसित सभा गरेर कस्तो प्रकारले चुनाव लड्ने भन्ने विषयमा सर सल्लाह गरेर निर्णय हुने बताएका छन्। उनले पञ्चायतमा असल, सक्षम र स्वच्छ छबि भएको व्यक्तिलाई जिताएर जनताको सेवा गर्न राख्ने पनि बताएका छन्। दार्जिलिङको सांसद राजु विष्टले आज घुम फेस्टिभलको समापनमा आफु दार्जिलिङ आएको समय खरसाङमा पार्टी कार्यकर्ताहरूलाई भेट्न आएको बताउँदै डीएचआरलाई लिएर व्यापक कार्य भईरहेको कारण डीएचआर हाम्रो आत्मामा बसेको रेल हो र हाम्रो परिवारको सदस्य हो भनी बताउँदै डीएचआरको मुख्य कारखाना तीनधारेमा म्यूजियम निर्माणको कार्य चलिरहेको साथै तीनधारेको रेलवे अस्पकाललाई व्यापक रूपमा प्रयोग गर्न र जनताले पनि प्रयोग गर्न पायोस् भनी कुरा चलिरहेको बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै पहाड़मा धेरै भष्टचार भईरहेको आरोप लगाउँदै केही उम्कन नसक्ने अनि लोकस चार्टर एकाउन्टेनलाई हिसाब मिलाएर ढुक्लले नबस्दा हुन्छ भनी बताएका छन्। सासंद राजु विष्टले भने, ‘पहाड़मा करोडौं रकम भारत सरकारले दिएको छ तर यहाँ भ्रष्टाचार च्यादा भएको छ। केन्द्रको पैसा दुरुपयोग गरेर यहाँ नेता किन्ने प्रथा चलिरहेको छ र यस्तो प्रथा बन्द हुनुपर्छ। जनताको पैसा नेताको लागि होइन तर जनताको लागि नै प्रयोग हुनुपर्छ। अहिले पनि पहाड़मा भष्टचार भईरहेको छ र सबैको दस्तावेज मेरोमा छ। भष्चाचारमा लिप्त सबैजना मामा घर जानेछ। कारण भष्टचारलाई अनदेखा गरेको म मान्दिन। पहाड़मा केन्द्रीय जाँच एजेन्सीहरू पक्का आउने तर विस्तारै आउने कारण आएपछि सोझै पक्रेर लिनेछ।’

सासंद राजु विष्टले अझ भने, ‘अमरूत जल योजना अन्तर्गत कालेबुङको लागि २०० करोड़ आईसकेको र मिरिकको लागि पनि २०० करोड पारित भईसकेको अनि खरसाङको नगरपालिका क्षेत्रको लागि पनि २६६ करोड़ प्रोसेसमा रहेको अनि दार्जिलिङ जिल्लाको पञ्चायत क्षेत्रका लागि चाढ़ै हर घर जल परियोजनाको एक हजार साट्ठी करोड़ स्वीकृत भएको छ। जसको कारणले मोतीजीको हर घर जल पुगाउने सपना पुरा हुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement