सोनादा: किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखाद्वारा आज धोत्रे मिलिङ खोलामा विधिपुर्बक पुजा आर्चना गरेका छन्। आजको पुजा पुजा अर्चना गर्नुको मुख्य उद्देश्यबारे संस्थानका सोनादा शाखा अध्यक्ष होमेन्द्र राईले पत्रकारहरूलाई जानकारी गराउदै भने, किराँती सभ्यताअनुसार हाम्रा पिता पुर्खाले कसैलाई गाली दिए होलान् कसैलाई श्राप दिए होलान् या त हामीनै श्रापको भुक्त भोगी होला। यसलाई मेटाउन छमा दानको निम्ति किराँती परम्पराअनुसार विधिपुर्बक पुजा आर्चना गरिएको उनले जानकारी दिएका छन्। कलान्तरमा विभिन्न रोग कष्टले मृत्यु भएका चिर आत्माको शान्तिको निम्ति पुजा आर्चना गरि सबैलाई शान्ति अनि समृद्धि मिलोस भनी पुजा आर्चना गरेको उनले जानकारी गराउदै भने, माङमा सुस्मिता राईद्वारा पुजा आर्चना गरिएको जनाउदै हामीले आफ्नो संस्कृति परम्परालाई संरक्षण गरिनु पर्ने पनि जोड दिएका छन्।
आजको यस पुजा आर्चनामा संस्थानका सम्पुर्ण प्रतिनिधि लगायत सदस्यहरूको व्यापक उपस्तिथि रहेको होमेन्द्र राईले थप जानकारी दिएका छन्।









