५ दिसम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको म्याचमा गोर्खा स्पोर्टिंग क्लब (नागरी)-ले ओकाइटी एफसी-लाई टाईब्रेकरमा २-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।