सामसिङ जन कल्याण संघद्वारा १२औं विश्व दिव्याङ्ग दिवस पालन

IMG-20221205-WA0065.jpg

गोरुबथान: विश्व विकलांग दिवसको अवसरमा सामसिङ जनकल्याण संघद्वारा एक कार्यक्रम समपन्न गरियो। विगत बाह्र वर्ष देखि यस क्षेत्रका दिव्यांगहरुलाई लिएर यस संघले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। यसैक्रममा यङटङ चियाबारी र सामसिङ लोवर लाइनका दिव्यांगहरुको संघको १२औं विश्व विकलांग दिवस कान्छा तामाङको सभापतित्वमा आयोजना गरियो। मुख्य अतिथिको रूपमा शिक्षक भगत प्रधान भने विशेष अतिथिमा अशोक प्रधान र दिपक भुजेल रहनु भएको थियो ।सरकारबाट दिव्यांगहरुलाई आरक्षण साथै अन्य धेरै साहुलियतहरु प्रदान गरे पनि गाउबस्तीका धेरै जसो दिव्यांगहरू यसबाट बंचित छन्। शिक्षामा पछि, रोजगारमा पछि परेका छन्। प्रत्येक क्षेत्रमा दिव्यांगहरुलाई अघि ल्याई आत्म निर्भर बनाउन संगठनले विभिन्न क्षेत्रहरुमा काम गर्दै आई रहेको जानकारी गरायो। दिव्यांगहरु पनि समाजमा आफ्नो हर -अधिकारको साथ समाजमा सम्मान पूर्वक बाँच्न पाँउनु पर्छ भन्ने यस कार्यक्रमको स्लोगान रहेको थियो। संगठनको पक्षबाट हाल सम्म सत्तर प्रतिशत दिव्यांगहरुको विकलांग प्रमाण पत्र बनाई मासिक पेन्सनको व्यवस्था गरेको जानकारी गराए।संगठन दिव्यांगहरुको साथामा रहेर उनीहरुलाई सहयोग, मार्ग दर्शन गरीरहेका संघका संस्थापक-संजयराज विश्वले बताए। हालसम्म संगठनले २० भन्दा बड़ी व्हिल चियर वितरण गरेको पनि अवगत गराए।यस कार्यक्रममा दिव्यांगहरुले गीत गाए, नृत्य प्रस्तुत उपस्थित सबैलाई अचम्भित तुल्याए। कार्यक्रममा राजकुमार बराइली, सिंके सार्की, रमेश थापा, शेर बहादुर सुब्बा, सुबेक भूजेल आदि विशेष रूपले उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement