सोरेंग ओपन नक्आउट फूटबलः लमबुंग युथ क्लब (एलवाईसी) र दार्जीलिङ पुलिस विजयी

IMG_20221205_001155.jpg

४ दिसम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आयोजित सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। सोरेंग फूटबल ग्राउण्डमा आज भएको पहिलो म्याचमा लमबुंग युथ क्लब (एलवाईसी)-ले पेशोक भेटरन्सलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बरदान तामाङ र रिन्छेन तामाङले गोल गरे। यसरी नै दोस्रो म्याचमा दार्जीलिङ पुलिसले स्टार बोइजलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट नेहाल सेवा, ज्ञाबो शेरा र मागलदेन लेप्चाले १-१ गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल आउँदो वर्ष २१ र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *