“हेवेन्ली निर्वाणा पाथ” सिक्किमको कार्यक्रममा मन्त्री शर्माको सहभागिता

IMG-20221204-WA0435.jpg

गेजिङ: पश्चिम सिक्किमको गेजिङ सामुदायिक भवनमा आज धार्मिक संस्था “हेवेन्ली निवार्णा पाथ” लभिजम, भजन समूह सिक्किमद्वारा एक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सिक्किम सरकारका कृषि, बागवाणी, पशुपालन तथा श्रम विभागका मन्त्री एवं क्षेत्र विधायक लोकनाथ नेपाल मुख्य अतिथि रहेका थिए। उनीसँग स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरूङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा, गेजिङ नगर पञ्चायतका सदस्य, जिल्ला, ग्राम पञ्चायत एवं प्रेमवाद अनुयायीहरूको उपस्थिति रहेको थियो। मुख्य अतिथिको बाहुलीबाट दीप प्रज्ज्वलनपछि शुरु भएको कार्यक्रममा स्वगत सम्बोधन राख्दै पुजन राईले हेवेन्ली निवार्णा पाथले गरिरहेको कार्यक्रमबारे जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ नेपालले पूर्व सरकारमा गुरु हजुरलाई सिक्किम आउन प्रतिबन्ध गरिएको जनाउँदै वर्तमान सरकारले गृह मन्त्रालयसँग विमर्श गरेर सिक्किम आउन खुल्ला गरेको कुरा सबैलाई विदितै भएको विषय जानकारी गराए। यो संस्थाले गरिरहेको कार्य उदाहरणीय रहेको उनले थप जनाए। धर्म तथा आध्यात्मिक ज्ञानले समाजलाई सकारात्मक बनाउने काम गर्छ त्यसकारण युवा समाजको सहभागीता हुन जरुरी रहेको पनि मन्त्री शर्माले विचार पोखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement