गेजिङमा जिल्ला पञ्चायतहरूको प्रथम मन्वय सभा सम्पन्न

IMG-20221204-WA0434.jpg

गान्तोक: गेजिङ जिल्ला पञ्चायतको पहलमा पहिलो समन्य सभा आयोजना गरियो। जिल्ला पञ्चायत भवनमा सम्पन्न भएको यस सभाको अध्यक्षथा जिल्ला अध्यक्षता डीएस लिम्बूले गरेका थिए। यस अवसरमा जिल्ला उपाध्यक्ष अनिता राई जिल्लापाल हिस्से डी. योङदा लगायत जिल्ला पञ्चायतका सदस्यहरूले अंशग्रहण गरेका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल योङदाले फोहोर मैला व्यवस्थापनका लागि स्रोत पुन:प्राप्ति केन्द्रको लागि स्थान पहिचान गर्ने जस्ता ज्वलन्त समस्याहरूलाई तत्काल ध्यान दिनुपर्ने कुरा प्रकाश पारिन्। उनले गेजिङ नगर पञ्चायत र आरडीडीसँगको समन्वयमा यो कामको निम्ति पहल शुरू गरिएको अवगत गराइन्। हाल, सबै बजारको फोहोर सिप्चु ल्यान्डफिलमा पठाइँदैछ जुन दिगो दीर्घकालीन समयको निम्ति नभएको बताउँदै यसैले रिकभरी सेन्टर स्थापना गर्नु अनिवार्य रहेको छ। उनले हरित न्यायाधिकरणका विभिन्न फोहोर नियमहरू र कार्यान्वयन गर्नुपर्ने निर्देशनमाथि पनि जोर दिइन्। यसका लागि जिल्ला सदस्यहरुले सहयोग गर्नुपर्ने आग्रह गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *