जङ्गु सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा टुर्नामेण्ट २०२२ आरम्भ

IMG-20221204-WA0431.jpg

गान्तोक: उत्तर सिक्किमको जङ्गु सरकारी वरिष्ट माध्यामिक विद्यालयमा आजदेखि वार्षिक दिवस उत्सव फुटबल टुर्नामेन्ट २०२२ आरम्भ भयो। उद्घाटन समारोहमा क्षेत्र विधायक तथा सिक्किम सरकारको ऊर्जा विभागका सल्लाहकार पिञ्चो नामग्यल लेप्चा मुख्य अतिथि रहेका थिए। आज टुर्नामेन्टको पहिलो म्याच साङ्गतोक एफसी र लुम रियूनियनबीच सम्पन्न भयो जसमा लुम रियुनियन शुन्यको विरुद्ध दुई गोललो विजयी बन्यो।

विद्यार्थी अनि स्थानीय फुटबल प्रेमी दर्शकहरूको बाक्लो उपस्थिति रहेको फुटबल टुर्नामेन्टको यस उद्घाटन समारोहमा रङ्गविरङ्गी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिको थियो। कार्यक्रममा जङ्गु सरकारी वरिष्ट माध्यामिक विद्यालयकी श्रीमती छितेन ल्हमु लेप्चाले स्वागत सम्बोधन राखेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक पिञ्चो नामग्यल लेप्चाले विद्यार्थीहरूलाई आफ्नो सुन्दर भविष्यको निम्ति वर्तमानमा समयको सदुपयोग गर्ने सुझाउ दिए। जसलो समयको सदुपयोग गर्छ उसको नै भविष्य सुन्दर र सफल हुने उनले बताए।

उद्घाटन समारोहमा सिक्किम सरकारको शिक्षा विभागका अतिरिक्त निर्देशक थिन्ले नामग्यल लेप्चा, जिल्ला पञ्चायत श्रीमती म्लिकमार ओङ्गकित लेप्चा साथै अन्यको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *