महान फुटबलर पेलेको स्वास्थ्य बिग्रिएपछि एण्ड अफ् लाइफ केयरमा सारियो

00-Pele

कतारले आयोजना गरेको फिफा विश्वकप–२०२२ को बीचमा फुटबल फ्यानहरूका लागि निराशाजनक खबर आएको छ। क्यान्सरसँग लडिरहेका ब्राजिलका साथै विश्वकै महान फुटबलरमध्येका एक पेले अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन। यति मात्र होइन, उनलाई अस्पतालको एण्ड अफ् लाइफ केयरमा सारेको छ। उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका हुनाले अहिले उनको शरीरका धेरै अंगले काम गर्न छोडेका छन्।

पेलेको स्वास्थ्य बिग्रिएको छ। केही मिडिया रिपोर्टमा दाबी गरिएको छ कि केमोथेरापीले उनलाई अब असर नगरेको छ। ८२ वर्षीय पेलेलाई अस्पतालको एण्ड अफ् लाइफ केयरमा सारिएको छ। पेलेको शरीरका धेरै अंगले काम गर्न छोडेका छन्। फ्रान्सेली लिजेन्ड किलियन एम्बाप्पेलगायत फुटबल जगतका धेरै सेलिब्रेटीहरूले पनि पेलेको स्वास्थ्य लाभको कामना गरेका छन्। पेले ट्युमरको उपचारका लागि साओ पाउलोको अस्पतालमा भर्ना भएका थिए। उनकी छोरी केली नासिमेन्टोले बुधबार आफ्नो बुवाको स्वास्थ्यमा कुनै आपतकालीन अवस्था नरहेको जानकारी दिएकी थिइन्। अमेरिकामा बस्ने नासिमेन्टोले एक इन्स्टाग्राम पोस्टमा पेले नियमित चेकअपका लागि अस्पतालमा भर्ना भएको बताएका छन्। पेले ३० नोभेम्बरमा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए तर अहिले उनको अवस्था नाजुक छ।

एण्ड अफ् लाइफ केयर अस्पतालको आपतकालीन इकाईको एक भाग हो। तर, यो सुविधा केही अस्पतालमा मात्रै उपलब्ध छ। जब मानिसको अन्तिम समय नजिक हुन्छ, उसको विशेष हेरचाह गरिन्छ। यस अवधिमा व्यक्तिको शारीरिक, मानसिक र भावनात्मक आवश्यकताको विशेष ख्याल राखिन्छ। एक व्यक्तिलाई यस प्रकारको समर्थन प्रणालीमा घण्टा, दिन वा महिनासम्म राख्न सकिन्छ। सन् २०२१ मा पेलेको परिवारले ‘कोलोन ट्युमर’ बारे जानकारी दिएको थियो,  पछि अस्पतालले पनि पुष्टि गरेको थियो। ब्राजिलका मन्त्री रहिसकेका पेलेले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देशलाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्, जुन उनको देशका लागि सर्वाधिक गोलकर्ता हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *