गोरुबथान (महेश्वर प्रधान): आज भुट्टाबारी बन बस्ती खेल मैदानमा हिमालयन फरेष्ट भिलेज अर्गानाइजेसनको डिभिजन कमिटिको आयोजनामा प्रतिनिधि सभा समपन्न भएको थियो। यस सभाको सभापतित्व चन्द्र बहादुर प्रधानले गरेका थिए भने मुख्य अतिथी/वक्ताको रुपमा अर्गानाइजेसनको महासचिव लीला गुरुङ थिए। यस सभामा छ वटा रेन्जबाट प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। स्वागत भाषण भुट्टाबारी बन बस्तीका राकेस मुखियाले राखेका थिए। यस सभामा उपस्थित विभिन्न रेन्जबाट आएका प्रतिनिधिहरुले आआफ्नो क्षेत्रमा भइरहेको समस्या बारे अवगत गराए।आजको यस सभामा मूल रुपमा पर्जापट्टा, वन विभागको थिचोमिचो तथा अन्यान्य विषयमा चर्चा परिचर्चा गरियो।









