दोस्रो विण्टर कपः एमएमएफसी निपरानी फाइनलमा

IMG_20221204_223008.jpg

४ दिसम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा एमएमएफसी निपरानीले फाइनलमा प्रवेश गऱ्यो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा एमएमएफसी-ले ३/१ जीआर दार्जीलिङलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल अफ्रिकी मूलका खेलाड़ी बोयोमो-ले नवौं मिनटमा दर्ता गरे। एमएमएफसी-का करणलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ७ दिसम्बर (बुधवार)-को दिन खेलिने फाइनलमा एमएमएफसी निपरानी र कञ्चनजंघा एफसी-बीच भिड़न्त हुनेछ।

यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *