गोरामुमोको सांगाठानिक सभा हुने जानकारी

IMG-20221204-WA0166.jpg

दार्जीलिङ: गोरामुमो खरसाङ ब्रान्च कमिटिको प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै ६ डिसेम्बर २०२२ को गोरामुमो द्वारा दार्जीलिङ, खर्साङ, कालेबुङ अनि मिरिक ब्राञ्चमा सांङ्ठनिक सभाको आयोजना गरिने जानकारी दिएका छन्। उनले थप जानकारी दिए अनुसार ६ डिसेम्बर छैटौं अनुसुची सम्झौता दिवस परेको हुनाले गोरामुमोले यस दिनलाई शुभ साहित मानेको कारणले गर्दा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जीलिङ खर्साङ कालेबुङ अनि मिरिक ब्राञ्चमा सांङ्ठनिक सभाको आयोजना गरि विभिन्न राजनैतिक विषय, दिल्ली संगको राजनैतिक गतिविधि माथी चर्चा परिचर्चा, पञ्चायत चुनाव, लगायत अध्यक्ष मन घिसिङको दोस्रो सांङ्ठनिक भ्रमणलाई लिएर चर्चा परिचर्चा गरिने भुपेन गुरुङले जानकारी दिएका छन्। उनले थप जानकारी दिए अनुसार खर्साङमा गोर्खा जनपुस्तकालय, दार्जीलिङमा गोर्खा दुख निवारक सम्मेलन भवन, कालेबुङमा, टाउन हल कालेबुङ बजार, अनि मिरिकमा ब्यवसायी भवनमा सभाको आयोजना गरिने छ यसकारण उक्त दिन अत्यन्तै महत्वपूर्ण दिन भएकोले गर्दा सम्पुर्ण गोरामुमो नेतृत्व बर्ग कार्यकर्ताहरु अनिवार्य रुपमा उपस्थित भइदिन भुपेन गुरुङले अपिल समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement