पाकिम। पाकिम जिल्ला प्रशासनिक केन्द्र कार्यालयअन्तर्गत जिल्ला अनि ग्राम पञ्चायतद्वारा खण्ड विकास कार्यालय अनि अतिरिक्त जिल्लापाल कार्यालय परिसरमा आज पूर्ण सफा, सफा सिक्किमको सन्देश दिँदै सफाई अभियान चलाइयो।
सफाई कार्यक्रममा क्षेत्र विधायक एम प्रसाद शर्मा, आबकारी विभागका अध्यक्ष गाञ्जा भोटिया, जिल्ला अध्यक्ष श्रीमती लाडेन भोटिया, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, विभागीय प्रमुखहरू, खण्ड विकास अधिकारी, छोटा सिङ्तामका पञ्चायत सभापति लगायत अन्य सदस्यहरूको सहभागिता रहेको थियो। अतिरिक्त जिल्लापाल रवीन सेवाले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नीति अनि क्षेत्र विधायक एम प्रसाद शर्माको सहयोगमा यस सफाई अभियान चलाइएको जानकारी गराए। सफाई अनि स्वच्छ सिक्किमको स्पष्ट सन्देश दिन यस प्रकारको अभियान चलाइएको उनले थप जानकारी गराए।

सफाई अभियानमा जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरू, स्वयं सहायता समूह, जनकार्य विभागका अधिकारीहरू, बागवाणी अनि पशुपालन विभाग लगायत सम्बन्धित विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आजको अभियान अन्तर्गत सेतीपूलको सुन्दरीकरण गरियो।










