रोङ माध्यामिक विद्यालयमा विद्यालयको कौस्तुभ जयन्ती कार्यक्रम

cd7ec186-45e0-4986-9c21-737c800bb97b

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत रोङ माध्यामिक विद्यालयमा विद्यालयको कौस्तुभ जयन्ती कार्यक्रम जारी छ। यस कार्यक्रमको आयोजना विद्यालय परिवार, भूतपूर्व विद्यार्थीहरू र गाउँलेहरूले गरेका हुन्। आजको कार्यक्रममा कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई मुख्य अतिथि रहेका थिए। विशिष्ट अतिथिको रूपमा नाम्ची न्यू सेकेण्डरी स्कूलका प्रधान अध्यापक भूवन छेत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै सल्लाहकार राईले वर्तमान सिक्किम सरकारका उपलब्धीहरू विषय प्रकाश पारे। मुख्यमन्त्री पीएस तामाङ गरीब जनताको उत्थान गर्ने नेता रहेको बताउँदै उनलाई सबैले साथ दिनुपर्ने कुरामा जोर दिए। कार्यक्रममा स्वागत भाषण राख्ने क्रममा रोङ माध्यामिक विद्यालयका प्रभारी विकास छेत्रीले कार्यक्रमको औचित्य विषय उल्लेख गरे। उल्लेखनीय छ, कौस्तुभ जयन्ती कार्यक्रम गत २७ नोभेम्बरदेखि शुरू भएको थियो भने समापन कार्यक्रम आगामी १७ दिसम्बरमा हुनेछ। गत १७ नोभेम्बरदेखि शुरू भएको ग्रामीणस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा आज जोकर एफसी भञ्ज्याङले सिङ्ताम बीलाई पराजित गऱ्यो। आगामी ७ दिसम्बरदेखि राज्यस्तरीय भलिबल प्रतियोगिता पनि हुने भएको छ। कार्यक्रममा सांस्कृतिक गीत-नृत्य आदि पनि सम्पन्न भएको थियो। यस क्रममा आज स्थानीय स्कूलहरूका विद्यार्थीवर्गमाँझ ग्रामीण खेलकुद प्रतियोगिता पनि सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement