मञ्जुश्री गोल्ड कपः दलसिंगपाड़ा स्पोर्टस एकाडमी सेमिफाइनलमा

photocollage_202212420104182.jpg

४ दिसम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा गत सीजनको च्याम्पियन दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आइतवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा डीएसए-ले भीनस एफसी (नेपाल)-लाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। डीएसए-का गोलकीपर योगेश लामालाई प्लेयर अव् द म्याच चयन गरियो। अब ७ दिसम्बरमा खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा रेड हर्स एफसी, इलाम (नेपाल) र सिक्किम एफसी (एके)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *