खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई सम्मान जनाइएको छ। उनलाई जीटीएको जनसम्पर्क अधिकारी नियुक्त गरिएकोमा खरसाङको क्याम्प साइट ग्राम कल्याण समितिको पक्षबाट सम्मान जनाइएको छ। उनलाई जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले जुन जिम्मेवारी प्रदान गर्दै जीटीएको जनसम्पर्क अधिकारी पदमा नियुक्त गरिएको अवसरमा क्याम्प साइट ग्राम कल्याण समितिले एक कार्यक्रम आयोजना गरेर सम्मान जनाइएको छ। उनलाई आफ्नै गाउँको समाजले यो गरिमामय पदमा नियुक्त भएकोमा गर्व अनुभव गर्दै सम्मान जनाएको छ। त्यसरी नै यस्तो गरिमामय पदमा नियुक्त गरेर जिम्मेवरी दिएकोमा जीटीए चिफ् अनित थापालाई पनि धन्यवाद दिएका छन्। क्याम्प साइट ग्राम कल्याण समितिको सबै पदाधिकारीहरू र सदस्य सदस्याहरू उपस्थित भएर जनसम्पर्क अधिकारी सुवास प्रधानलाई खदार्पणसहित सम्मान जनाउँदै जीटीए चिफ् अनित थापाले दिएको जिम्मेवारीलाई सफलतापूर्वक वहन गर्ने सबै कार्यहरू सफलतासाथ पूरा गर्ने शुभकामना पनि दिएको जानकारी प्राप्त भएको छ।









