गाड़ीधुराको मरियनबारी चियाबारीमा आगलागीको घटनामा घर जलेको कुरशु प्रजाको परिवारलाई भागोप्रमो खरसाङ महकुमा समितिद्वारा सहयोग प्रदान

IMG-20221204-WA0366.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाड़ीधुराको मरियनबारी चियाबारीमा आगलागीको घटनामा घर जलेको कुरशु प्रजाको परिवारलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा सहयोग प्रदान गरिएको छ। जीटीएको जनसम्पर्क अधिकारी एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा गएको महकुमा समितिको एक प्रतिनिधि टोलीले कुरशु प्रजाको परिवारलाई विभिन्न प्रकारका खानेकुराहरू, लुगाफाटाहरू र तारपोलिनहरू सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। यसको साथै जीटीएको तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ भनी यस घटना विषयमा जनसम्पर्क अधिकारी सुवास प्रधानले जीटीए चिफ् अनित थापालाई सम्पूर्ण जानकारी पठाएको बताइएको छ। यस टोलीमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, उप सभापति रबीन गोले र प्रेम प्रधान, सह सचिव विशाल शर्मा, सांगठनिक सचिव गुञ्जन शर्मा, प्रवक्ता अनुप रामुदामु लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त टोलीले गाड़ीधुराको मरियनबारी चियाबारीमा आगलागीको घटनामा घर जलेको कुरशु प्रजाको परिवारलाई भेट गरी सहयोग प्रदान गरेको र आगामी दिनमा जीटीएको पक्षमा अझ सहयोग गरिने जानकारी प्राप्त भएको छ।

यस सहयोग विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले गाड़ीधुराको मरियनबारी चियाबारीमा हिज आगलागीको घटनामा परेर कुरशु प्रजाको घर जलेको थियो र आज भागोप्रमो खरसाङ महकुमा समितिको टोली आएर सहयोग गरेको र यसमा विशेष गरी जीटीए जनसम्पर्क अधिकारी सुवास प्रधान पनि उपस्थित रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement